तमु प्ये ल्हु संघ केन्द्रिय कार्यालय परिसरमा सोलार बत्ति जडान ।

अन्य

तमु प्ये ल्हु संघ केन्द्रिय कार्यालय परिसरमा सोलार बत्ति जडान ।

नोवेम्बर १५ पोखरा फिस्टेल न्युज सम्बतदाता :- पोखरामा अहिले सडक बत्तीको रूपमा सोलार बत्ति जडान गर्ने लहर नै चलेकोछ ।पोखराका विभिन्न सडकहरुमा जताततै सोलार बत्तीले रातभर झिलिमिली भए झै तमु प्ये ल्हु संघ केन्द्रिय कार्यलय शक्तिघाट रानिपौवा पोखराको परिसरमा पनि सोलार बत्तिले झिलिमिली भएकोछ ।

सेतिनदिको किनारमा अवस्थित केन्द्रिय कार्यलयमा बत्तीको अभावका कारण राति बस्न डर लाग्ने तथा चोरी लाग्दै आएकोमा अब त्यो समस्याबाट छुट्कारा पाउने संघका एक केन्द्रिय सदस्यले बताउनु भयो ।पोखरा महानगर पालिकाको सहयोगमा पन्ध्र थान सोलार बत्ति जडान गरिएको स्रोतले जनाएको छ । सोलार बत्ति साझ रातैभर बलिरहने र अटोमेटिक सिस्टमको भएकोहुदा बाल्ने र निभाउन झन्झटिलो नभएको तमु प्ये ल्हु संघका केन्द्रिय सचीव बुद्धि चह्म्रु तमुले बताउनु भयो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...