भारतीय विदेश मन्त्रि सुष्मा स्वराज अकस्मित नेपाल भ्रमणमा आउने |

अन्य

जनवरी ३० काठमाडौँ :-भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिकरुपमा नेपाल भ्रमणमा आउने भएकी छन् । विहीबार (१८ माघ) नेपाल आउन लागेकी उनी माघ १९ गते स्वदेश फर्कने छिन्।२ दिने काठमाडौं बसाईका क्रममा उनले विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग दुई पक्षिय हितका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ। नयाँ सरकार बन्न लागेका बेला हुन लागेको विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय विदेश मन्त्रालयले दुई पक्षिय भेटघाटको परम्पराको रुपमा व्याख्या गरेको छ ।मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यस्तो भ्रमणले द्विपक्षीय सहकार्यलाई बृद्धि गर्नुका साथै सम्बन्धका विविध क्षेत्रलाई अरु बलियो बनाउने उसले बताएको छ।

भारतीय विदेश मन्त्रालयले यस्तो व्याख्या गरेपनि परराष्ट्र मन्त्रालयका अधिकारीले यो भ्रमणलाई स्वभाविक रुपमा लिएका छैनन्।परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘एउटा सरकार विदा भएर अर्को सरकार बन्न लागेका बेला हुन थालेको यो भ्रमण स्वभाविक छैन।’ परराष्ट्र मन्त्रालयका ती अधिकारीका भनाईमा, ‘नयाँ सरकार बनेपछि आएको भए त्यसलाई स्वभाविकरुपमा लिन सकिने थियो, तर त्यस्तो भएन।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...