धौलागिरि पदयात्रामा हराएका २ बिदेशीको उद्दार |

अन्य

धौलागिरि पदयात्रामा हराएका २ बिदेशीको उद्दार |

अप्रिल १ पोखरा :- पदयात्रा (ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए।

उनीहरुलाई मार्फाभन्दा माथिको जंगलमा फेला पारिएको हो। प्रहरी नायब उपरीक्षक पाण्डेले भने, ‘हामीले खोज्दै जाँदा उनीहरुलाई फेला पा-यौँ। पदमार्गमा हिँड्दै गर्दा एक जना लडेर तल खसेपछि खुट्टा भाँचिएर ढुंगामा च्यापिएको अवस्थामा भेट्टाइयो।उनीहरुको उद्धार गरेर जोमसोम ल्याएका छौँ।’उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै शनिबार बिहानैबाट प्रहरीले सिम्रिक एयरको हेलिकप्टरबाट पनि दिनभर खोजी गरिएको थियो |

रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...