तमु (गुरुङ) समाज कतारले डिसेम्बर २९ मा खी ल्होसार भब्य रुपले मनाउने तयारी ।

अन्य    जनजाती बिशेस

तमु (गुरुङ) समाज कतारले डिसेम्बर २९ मा खी ल्होसार भब्य रुपले मनाउने तयारी ।

" तमू ल्होसारै आशिमलाँ "

" तमू ल्होसारको शुभकामना " समृद्धि र एकरुपताको सुत्रधार बनोस् "ल्होसार" सारा तमूले गर्वसाथ हाम्रो पर्व भनोस् "ल्होसार"

नोवेम्बर २९ कतार :-आउदै गरेको तमूहरुको महान पर्व/नेपाली राष्ट्रिय पर्व खी-ल्होसारको शुभ अवसरमा तमु(गुरुङ) समाज कतार परिवारले आयोजना गर्न गइरहेको "खी ल्होसार तथा स्यो कैं कार्यक्रम -२०१७"भब्य रुपले मनाउने तयारी गरिरहेको जानकारी तमु(गुरुङ) समाज कतारका महासचिव तथा प्रचार प्रसार संंयोजक खुसीमान गुरुङले फिष्टेल न्यूजलाई जानकारी दिनु भयो ।

साथै सो कार्यक्रममा नेपालबाट पाल्नु हुने अतिथि कलाकारहरु चर्चित लोक गायक श्री गगन गुरुङ,(कौडा, सालैजो, चुट्का) नेपाली तथा गुरुङ चलचित्र नायिका श्री रजनि तमू (तमु चलचित्र नायिका तथा मेरि बास्सै (मङली) को बिशेस उपस्थितिमा तमु सास्कृतिक परिवारको कलाकारहरुद्वारा तमू संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरुको साथमा स्योकैं खाने तथा एकआपसमा शुभकामना अदानप्रदानको कार्यक्रम आयोजना गरिने पनि गुरुङ्गले बताउनु भयो ।सो भब्य कार्यक्रममा सम्पूर्ण कतारवासी गुरुङ्ग (तमु )दाज्यु भाई दिदि बैनी तथा सम्पूर्ण कतारवासी नेपालीहरुलाई हार्दिक स्वागत गर्दै गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । आयोजक :-तमु(गुरुङ) समाज कतार

मिति :- २०१७ डिसेम्बर २९, शुक्रबार स्थान :- अल डल्ला डाईभीङ एकेडमी ,सनैया


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...