संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि स्वर्गीय रबिन्द्र अधिकारीलाई राजकीय सम्मान दिने ,आज सार्वजानिक बिदाको |

अन्य

फागुन १५ काठमाडौँ :-नेपाल सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।यस अनुसार सम्पूर्ण सरकारी कार्यालयहरु ,शैक्षिक सस्थाहरु ,सार्वजनिक कार्यालयहरु र विदेश स्थित राजदुताबास कार्यालयहरु सार्बजनिक विदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको छ | बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, लगायत ५ जना सवार थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...