चितवनमा नौ लाख सहित २३ जना जुवाडे पक्राउ |

अन्य

चितवनमा नौ लाख सहित २३ जना जुवाडे पक्राउ |
फागुन ३ चितवन :-जि प्र का चितवनको टोलीले बिहिवार राती जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले ९ लाख ३२ हजार ८ सय १३ रुपैंया नगदसहित २३ जना जुवाडेलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट १६ थान कौडा समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक चिनिमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका ११ भोजाड स्थित छिन्केश्वरी टोलबाट उनिहरुलाई पक्राउ गरेको हो । छिन्केश्वरी टोलको एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा साढे ११ बजे छापा मारेर उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) शुसिल सिंह राठौरले जानकारी दिनुभयो ।पक्राउ पर्नेहरु १२ जना चितवनका,तनहुँका २ जना र गेरखाका ९ जना रहेका छन् । उनिहरुले घरमा बाहिरबाट ताल्चा लगाएर जुवा खेलेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...