गाई काटेको अभियोगमा कास्कीमा ३ जना पक्राउ ।

अन्य    जनजाती बिशेस

गाई काटेको अभियोगमा कास्कीमा ३ जना पक्राउ ।

सेप्टेम्बर ०१ पोखरा :-पोखरामा गाई काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका २२ तारेभिर भन्ने स्थानको जंगलमा गाई काटिरहेको सुचनाका पाएपछि खटिएको प्रहरी टोलीले गाईको छाला र मासु सहित तीन जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा लेखनाथ २२ बस्ने बर्ष ३१ का बुद्धि प्रसाद आचार्य, वडानम्बर २३ का ४६ बर्षीय पुर्ण बहादुर नेपाली र सोहि स्थानका १६ बर्षीय दिपक नेपाली छन् ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी खडग बहादुर खत्रीले जानकारी दिए । उनीहरुको साथबाट गाईको छाला र २ केजी मासु बरामद गरी गौबध मुद्धामा कारवाही अघि बढाइएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...