विजय दशमीको दिन नेपाली सेनाको बस सर्वसाधारणको लागी नि:शुल्क गुड्ने |

अन्य

विजय दशमीको दिन नेपाली सेनाको बस सर्वसाधारणको लागी  नि:शुल्क गुड्ने |
असोज २९ काठमाडौँ:-नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ ।दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ । पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ– माइतीघर कायम गरिएको नेपाली सेनाले जनाएको छ । तेस्रो मार्ग भद्रकाली– माइतीघर– त्रिपुरेश्वर– कालीमाटी– कलङ्की– थानकोट– स्वयम्भू– छाउनी (अस्पताल)– ताहाचल– टेकु– थापाथली तथा चौथो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– तीनकुने– गौशाला– चाबहिल– जोरपाटी– नारायणगोपाल चोक– लाजिम्पाट –कान्तिपथ हुँदै भद्रकाली पुग्नेछ । पाँचौं मार्ग भद्रकाली– थापाथली– कुपण्डोल– जावलाखेल– सातदोबाटो– चापागाउँ– सातदोबाटो– तीनकुने– बानेश्वर– शहीदढोका हुनेछ भने छैटौँ मार्ग भद्रकाली– दरबारमार्ग–कमलपोखरी– गौशाला– चाबहिल– बौद्ध– साँखु– चाबहिल– गौशाला– तीनकुने हुँदै भद्रकाली रहेको छ । सातौँ मार्ग भद्रकाली– माइतीघर– नयाँ बानेश्वर– पुरानो बानेश्वर– गौशाला– सिनामङ्गल– कोटेश्वर– सूर्यविनायक– ठिमी– कोटेश्वर– माइतीघर– भद्रकाली छ भने आठौँ मार्ग भद्रकाली– माइतीघर– कोटेश्वर– सातदोबाटो– कलङ्की– बालाजु– चाबहिल– गौशाला–तीनकुने हुँदै भद्रकालीसम्म कायम गरिएको छ । बडादशैंमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारको हितका लागि नेपाली सेनाले यही असोज २५ देखि ३१ गतेसम्म काठमाडौँबाट दोलखा, सुनसरी, कैलाली, लमजुङ, रामेछाप, कास्की, रुपन्देही, गोरखा, धादिङ÷नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिरहा–सप्तरी जान निःशुल्क बस सञ्चालन गरिरहेको छ । उक्त बस सम्बन्धित स्थानबाट प्रत्येक दिन बिहान ६ः३० बजे छुट्ने र प्रतिसैनिक व्यक्ति (परिवारसहित) बढीमा पाँच जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ । साभार :- काठमाडौँ अनलाइन

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...