नवलपरासीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ,५० घाइते |

अन्य

नवलपरासीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ,५० घाइते |
कात्तिक ४ नवलपरासी:-नवलपरासीको अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् ।इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आइतबार बिहान ५ बजेको समयमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उपरीक्षक थापाका अनुसार बस अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खसेको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...