नेशनल लाईफ ईन्स्योरेन्स पोखराले गर्यो मृत्यु दाबी भुक्तानी |

समाज

नेशनल लाईफ ईन्स्योरेन्स पोखराले गर्यो मृत्यु दाबी भुक्तानी |
मे ७ पोखरा :-नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड पोखराले साबिक दलिड• गा बि स बाग्लुड• निवासी स्व. अमरसिंह बि.क को मृत्युदाबी बापत रु १४,००,००० (चौध लाख रुपैया ) को चेक स्व. बि .क की धर्मपत्नी काली बि.क लाई एक कार्यक्रमको बीच हस्तान्तरण गरेको छ । कम्पनीको पोखरा कार्यलयमा आयोजित एक कार्यक्रम मा कम्पनीका क्षेत्रिय प्रवन्धक केशवराज ढकालले उक्त रकमको चेक हस्तान्तरण गर्दै प्राप्त रकम मृतकका २ छोरा र ३ छोरीको शिक्षादिक्षा साथै पालनपोषणमा सदुपयोग गर्न आग्रह गर्नु भयो । स्व. बि क २०७४ बैशाखमा बैदेशिक रोजगारीको लागी साउदी अरब जानु अघि नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा बैदेशिक रोजगार म्यादी जीबन बिमा गर्नु भएको थियो । २०७४ कार्तिक २१ गते हृदयघात को कारण बि क को निधन भएको बि क को शब २०७४ फाल्गुण मा मात्र नेपाल आएको थियो । दाबी रकम ग्रहण गर्दै स्व. बि क की धर्म पत्नी काली बि. क ले बिमा कम्पनीले प्रदान गरेको दाबी रकम आफु र आफ्नो परिवारको बाच्ने साहारा भएको बताउदै सरल तवरबाट बिमा रकम प्रदान गरेकोमा कम्पनी प्रति आभार प्रकट गर्नु भयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...