प्रहरीलाई तीन महिनामा देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन |

अन्य

प्रहरीलाई  तीन महिनामा देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन |
असोज २२ काठमाडौं:- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।सोमबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए । उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरुलाई सचेत गराए । राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न गृहमन्त्री बादलले निर्देशन दिए ।गृह मन्त्रालयले मदिरा नियन्त्रण र लागूऔषध निषेध अभियान शुरु गरेको जानकारी दिँदै गृहमन्त्री बादलले यो अभियानमा प्रहरी बलले समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । देशमा अस्थिरता निम्ताउन खोज्ने तत्वको समेत निगरानी बढाउन उनले बलका पदाधिकारीलाई निर्देशन दिए । -रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...