युरोप लगायतका देशमा रोजगारीका लागि पठाउने भनी ठगी गर्ने पक्राउ |

अन्य

युरोप लगायतका देशमा रोजगारीका लागि पठाउने भनी ठगी गर्ने पक्राउ |

मार्च ८ काठमाडौँ :-युरोप लगायतका देशमा रोजगारीका लागि पठाउने भनी ठगी गर्ने कार्यमा संलग्न काठमाडौँ समाखुसीस्थित सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक मकवानपुर भिमफेदी–१० का ३१ बर्षीय आर्यन लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।लामाले खोटाङ निर्मलीडाँडा–१ का हरिकाजी बस्नेत समेत ४ जनालाई स्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भन्दै बस्नेतबाट ३३ लाख लिई रोजगारीमा नपठाई ठगी गरेका थिए । पीडितले रकम माग गर्दा खातामा रकम मौज्दात नभएका सहकारी संस्थाको चेक दिई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा अनुसन्धानमा खटिएको महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं टेकुबाट लामालाई पक्राउ गरेको हो ।

लामाले दोलखाका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी ३ लाख ५० हजार रुपैयाँ लिएको र पीडितलाई समेत सहकारी संस्थाकै चेक दिएकोमा रकम भुक्तानी लिन जाँदा सहकारीको खाता नै बन्द गरेको अनुसन्धानबाट खुल्न आएको छ ।लामालाई थप अनुसन्धान एवं कारवाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...