बलिवुड अभिनेत्री श्रीदेविको निधन |

अन्य

फेब्रअरी २५ एजेन्सी :- चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको शनिवार राती दुबईमा निधन भएको हो । वलिउडकी पहिलो सुपरस्टार नायिका उनको हृदयघातको कारण ५४ बर्षको उमेरमा निधन भएको हो ।

उनको निधन हुदा पति बोनी कपुर र छोरी खुसी पनि साथमै थिए । आफ्नो परिवारसँगै दुबईको एक विवाहमा सहभागी हुन गएकी उनको त्यहि निधन भएको हो । स्थानीय समय अनुसार शनिवार राती ११ बजे हर्ट अट्याक भएको र तत्काल उनको निधन भएको हो ।सन् २०१३ मा भारत सरकारबाट पद्यश्री सम्मानद्धारा सम्मानित उनी आफ्नो सानदार अभिनयबाट सिनेप्रेमीको मन जित्दै वलिउडमा चार दशकसम्म चम्किएकी थिइन् ।

भारतको तमिलनाडुमा सन् १९६३ अगस्त १३ मा जन्मिएकी श्रीदेवीले ४ बर्षको उमेरमा फिल्मी करियर सुरु गरेकी थिइन् ।दर्जनौ फिल्म मार्फत सबैको मन जितेकी उनलाई लेडी अमिताभ बच्चनका रुपमा पनि धेरैले चिन्ने गरेका थिए । तर सन् १०९७ मा फिल्म जुधाई खेलेपछि उनी झण्डै १५ बर्ष सिने क्षेत्रबाट गायब जस्तै भइन् । तर सन् २०१२ मा उनले अभिनय गरेको इंग्लिश विंगलिश सुपरहिट भयो । उनको अन्तिम फिल्म ‘मॉम’ गत बर्ष सन् २०१७ मा रिलिज भएको थियो । उनले खेलेको यो ३०० औं फिल्म थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...