नेपाल आइडलका बिजेता टिमको साथमा नया बर्ष २०७५ को सांगीतिक साँझ ईजरायलमा अप्रील २० मा हुने |

अन्य

नेपाल आइडलका बिजेता टिमको साथमा नया बर्ष २०७५ को सांगीतिक साँझ ईजरायलमा अप्रील २० मा हुने |

मार्च २७ ईजरायल :-आउदै गरेको नेपाली नयाँ बर्ष २०७५ को शुभ अवसर पारेर इजरायलमा रहेका नेपालीहरुका बीच शुभकामना आदानप्रदान तथा विशेस मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायलको आयोजनामा भब्य सांगीतिक कार्यक्रमको भब्य रुपमा आयोजना गरिने भएको छ | नेपाल आइडलका विजेता बुद्ध लामा , निशान भट्टराई , प्रताप दास र साथमा कार्यक्रम प्रस्तोता शुशिल नेपाल सहितको टोलि ईजरायल आउने भएको छ | यस अगाडी १३ अप्रिल २०१८ शुक्रवारको दिन हुने भनी प्रचार प्रसार भएको भए पनि कार्यक्रम विशेष कारणबश आगामी अप्रील २० अप्रिल शुक्रवारको लागि सारिएको आयोजक गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) इजरायल सचिवालयले जनाएको छ ।

कार्यक्रमको मिती हेरफेरबाट आम इजरायलवासी नेपालीहरुमा पर्न गएको असुविधाप्रति एनआरएनए इजरायल दुख प्रकट गर्दै क्षमा याचना माग्दै उक्त कार्यक्रम सांगितिक कार्यक्रममा सहभागी हुन आयोजकले यहाँ रहेका नेपाली नागरिक, संचारकर्मी,राजनैतिक ,धार्मिक , सामाजिक संघसंस्थाहरु लगायत सबैलाई आग्रह गरेको छ ।यस कार्यक्रमबाट हुने आर्थिक लाभलाई वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रही कामका दौरान बिभिन्न जघन्य रोगहरुबाट पिडित भइ वेरोजगारी अवस्थामा रहदा आर्थिक अभावले उपचार गर्न नपाएका लगायत अन्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिने उद्देश्यले एनआरएनए इजरायलद्वारा स्थापना गरिएको आपतकालिन राहत कोषको अभिबृद्दिका लागी प्रयोग गरिने आयोजकले जनाएको छ |

स्मरण रहोस एनआरएनए इजरायलले केही वर्ष अगाडी देखि विभिन्न रोगहरूबाट पिडित इजरायलमा रहेका नेपालीहरुलाई राहत स्वरुप मासिक रुपमा आर्थिक सहयोग उपलव्घ गराउदै आइरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...