नेपालमा कोरोना संक्रमित ५०७ पुग्यो ,३ जनाको मृत्यु।

अन्य    विदेश

नेपालमा कोरोना संक्रमित ५०७ पुग्यो ,३ जनाको मृत्यु।
मे २२ काठमाडौँ :-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस पुष्टि हुने व्यक्तिको सङ्ख्या ५०७ पुगेको जनाएको छ।शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड-१९ देखिएको बताए।यसअघि शुक्रवार बिहान मन्त्रालयले ३० जनामा कोभिड-१९ पुष्टि भएको बताएको थियो। उनका अनुसार बाँकेमा २१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको हुनेको सङ्ख्या ७० पुगेको छ।अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड-१९ भेटिएको छ। सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको छ।म

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...