युएईमा कोभिड-१९ को नयाँ संक्रमित ७७९, संक्रमित संख्या ३१,०८७ र संक्रमित ५ जनाको मृत्यु ।

अन्य    विदेश

युएईमा कोभिड-१९ को नयाँ संक्रमित ७७९, संक्रमित संख्या ३१,०८७ र संक्रमित ५ जनाको मृत्यु ।
मे २६ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २६ तारिख मंगलबार ७७९ जना नयाँ संक्रमितको पुष्टि भएको छ। यस अघि सोमबार ४१,००० भन्दा बढी नागरिकमा परिक्षण गरेको थियो जुन युएईको कोभिड - १९ कोरोना भाइरस परिक्षण अनुसार कुल संख्या २,०४४,४९३ पुगेको थियो। पुष्टि भएका नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३१,०८७ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका मध्ये उपचार पश्चात् ३२५ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १५,९८२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ५ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २५३ जना पुगेको छ भने हाल संक्रमित बिरामी १४,८५१ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सबै जनतालाई स्वास्थ्य अधिकारीसँग सहकार्य गर्न र सबै सावधानीका उपायहरू, विशेष गरी सामाजिक दूरीहरूको पालना गर्न, उनीहरूको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ। यसैबीच दुबई सरकारले २७ मे २०२० बुधबार देखि लागु हुने गरी आर्थिक गतिविधि सुचारु गर्ने घोषणा गरेको छ । दुबईमा बेलुकी ८ बजे देखि बिहान ६ बजे सम्म रहेको कर्फ्यु लाई अब राति ११ बजे देखि बिहान ६ बजे सम्म लागु गर्ने भएको छ । बिहान ६ बजे देखि राति ११ बजे सम्म पहिलेको जस्तै हिँडडुल गर्न सक्ने र आर्थिक क्रियाकलाप गर्न खुल्ला गरेको छ भने स्वास्थ्यका नियमहरु अनिवार्य पालना गर्नु पर्नेछ । दुबई सरकारले २७ मे २०२० देखि सिनेमा हल, मनोरन्जनका केही स्थानहरु जस्तै: दुबई मलमा रहेको आईस रिंक, डल्फिनेरियम इत्यादि ,स्पोर्ट्स एकेडमी, फिटनेस सेन्टर, जीम र क्लबहरु,खुद्रा तथा थोक स्टोरहरु,एयरपोर्ट- युएई आवासीय भिसा भएकाहरु र ट्रान्जिट भिसा हुनेहरुको लागि , क्लिनिकहरु (नाक, कान, घाँटी) लगायत ,शैक्षिक ,प्रशिक्षण संस्थान ,बाल शिक्षा र चिकित्सक केन्द्रहरु र सरकारी सेवाका सबै कार्यालयहरु (अमेर लगायत) खुला गर्ने निर्णय गरेको छ । दुबई इमिरेट्समा मात्र यी स्थानहरु खुल्ला गर्ने भएको छ भने अन्य इमिरेट्सहरुमा खुला नरहने भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...