अमेरीकामा भएको गोलीकाण्डमा मर्नेको संख्या ५० पुगेओ ।

अन्य    विदेश

अक्टुबर २ लासभेगस :-अमेरिकाको लासभेगसमा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या कम्तीमा ५० पुगेको छ ।एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जना भन्दा बढी घाइते भएको बताइएको छ।आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ।

800a

बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्।अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो।बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुले विश्वास गरेका छन्।बन्दुकधारीसँग एक जना महिलासँगै रहेको र उनको खोजी भइरहेको बताइएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...