सरकारले लकडाउन थप्ने या खोल्ने निर्णय अर्को बैठकमा गर्ने ,घोषित लकडाउनमा थप कडाई गर्ने ।

स्वास्थ्य

सरकारले लकडाउन थप्ने या खोल्ने निर्णय अर्को बैठकमा गर्ने ,घोषित लकडाउनमा थप कडाई गर्ने ।
अप्रिल ४ काठमाडौँ :-नेपाल सरकारले लकडाउन थप्ने या नथप्ने विषयमा आज निर्णय गरेन । आज (शनिबार) बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन थप्ने या अन्त्य भन्ने बारे निर्णय नभएको सरकार प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । उनले भने–‘लकडाउनको अवधि बारे आज निर्णय भएको छैन, हामी अर्को बैठक बसेर निर्णय गर्छौ ।’ शनिबार दिउँसोदेखि नै मन्त्रीपरिषद् बैठक बस्ने खबर सार्वजनिक भएसंगै धेरैले लकडाउन थप्ने बारे सरकारले निर्णय लिन सक्नेमा चासो व्यक्त गरेका थिए । तर सरकारले लकडाउनको अवधि बारे कुनै निर्णय नगरी हाल घोषित लकडाउनको अवधिमा यसलाई थप कडाई गर्ने निर्णय गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा जान पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपालमा दोस्रो कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले चैत ११ गतेदेखि पहिलो चरणमा लकडाउन घोषणा गरेको थियो । पहिलो चरण सकिनै लाग्दा सरकारले दोस्रो चरणमा चैत २५ गतेसम्म लकडाउनको अवधि बढाएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...