अरुण तेस्रोको कार्यालयमा बम बिस्फोट पर्खालमा क्षति |

अन्य

अरुण तेस्रोको कार्यालयमा बम बिस्फोट पर्खालमा क्षति |
अप्रिल २९ काठमाडौँ :- अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ ।संखुवासभाको खाँदवारी–९ तुम्लिङटारस्थित कार्यालयमा गएराति करिब साढे १२ बजे बम विस्फोट भएको हो । विस्फोटबाट कार्यालयको कम्पाउण्डको पर्खालमा क्षति पुगेको छ । राति अज्ञात समूहले विस्फोट गराएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर वेदप्रसाद गौतमले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी ९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा बम विस्फोट भएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...