नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सम्पन्न ।

अन्य

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सम्पन्न ।
अक्टुबर २ काठमाडौँ:- नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले माओवादी केन्द्र र नेकपा एमाले बीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक आगामी निर्वाचनमा तालमेल र एमालेसँग पार्टी एकताका विषयमा केन्द्रित रहेको बताइएको छ ।नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...