नेपाली काँग्रेस स्याङ्जाका सभापति पंगेनीको हृदयघातवाट निधन |

अन्य

नेपाली काँग्रेस स्याङ्जाका सभापति पंगेनीको हृदयघातवाट निधन |
श्रावण १९ पोखरा :-नेपाली काँग्रेस स्याङ्जाका जिल्ला सभापति एवं पूर्व सभासद् कमल पंगेनीको आईतवार विहान निधन भएको छ ।५५ वर्षिय पंगेनीलाई गएराति हृदयघात भएपछि कालिका सामुदायिक अस्पताल, भीरकोट वडा नं. १, हेलुमा उपचारार्थ लगिएकोमा उनलाई मृत घोषणा गरिएको थियो । पंगेनी संविधानसभा निर्वाचन २०७० मा स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । नेपाली काँग्रेस जिल्लाको पार्टी सभापतिमा उनको यो तेस्रो कार्यकाल थियो । भीरकोट वडा नं. ६ का स्थायी बासिन्दा कमल पंगेनीका श्रीमती, १ छोरा र १ छोरी छन् ।गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा र्पुयाउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...