“मेस्सीको बहिगर्मनले ला लिगालाई घाटा हुन्छ”-ला लिगा अध्यक्ष

खेलकुद

“मेस्सीको बहिगर्मनले ला लिगालाई घाटा हुन्छ”-ला लिगा अध्यक्ष
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छोडेको खण्डमा स्पेनिस ला लिगालाई नै घाटा पुग्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् । पछिल्लो चार वर्षको अन्तरमा ब्राजिलियन स्टार नेयमार र त्यसपछि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ला लिगा छाडे । अब लिओनेल मेस्सी पनि सोहि सुचिमा समावेश हुने खतरा बढेको छ । मेस्सीको प्रस्थानले लिगलाई केहि असर पर्ने पक्का छ । तर नेयमार र रोनाल्डोले छोड्दा भएको असर परिपूर्ति गर्न सकेको लिगले मेस्सीको कमि भने महसुस हुन सक्छ । नेयमार र रोनाल्डोले ला लिगा छोडेपनि टेलिभिजन प्रसारण अधिकारबाट आउने रकममा कुनै कमी रहेको थिएन । तर मेस्सीले क्लब छोडेको अवस्थामा भने केहि समस्या आउन सक्छ । पछिल्लो दशक विश्व फुटबलमै वर्चस्व जमाएका दुई खेलाडीमा दुवैले लिग छोड्दा लिगको लोकप्रियतामा असर पर्नेछ । हुन त लिगमा अझैपनि २०१८ का ब्यालोन डीओर विजेता लुका मोड्रीच रहेका छन् । तर उनको लोकप्रियता मेस्सी र रोनाल्डोको तुलनामा आउँदैन । रोनाल्डो युभेन्टस गएपछि पनि लिगलाई मेस्सीको उपस्थितिले फाइदा पुगेको थियो । तर मेस्सीले लिग छोडेपछि भने लिगलाई स्टार खेलाडीको कमी महसुस हुने पक्का छ । लिगका अध्यक्ष टेबासले मेस्सीको सम्भावित प्रस्थान र यसअघिको अवस्थाबारे यस्तो अभिव्यक्ति दिए : ‘रोनाल्डोले रियल छोड्दा म्याड्रिडका मानिसहरु खुसी थिएनन् । रोनाल्डोको प्रस्थानले हामीलाई कुनै असर नै गरेन भन्दापनि हुन्छ । हामी लामो समयदेखि ला लिगालाई ब्राण्ड बनाउन लागेका थियौं र केहि हदसम्म सफल भएको बुझ्यौं । मेस्सीको हकमा भने फरक हुन्छ । मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । हामी भाग्यमानी छौं की मेस्सी करिअरभर नै हाम्रो लिगमा खेले । मलाई लाग्छ मेस्सीले क्लब छाडेभने त्यसको असर देखिन्छ । उनी स्पेनिस फुटबल र ला लिगाकै आदर्श खेलाडी हुन् । यदि मैले भनेर हुने भए म उनलाई हाम्रै लिगमा रहेर करिअर अन्त्य गर्न आग्रह गर्थें । मेस्सीले क्लब छाडे केहि समस्या हुने हो, संकटकै स्थिति भने आउने छैन । हामीले मेस्सी हुँदा वा नहुँदा, टेलिभिजन प्रसारण अधिकार हस्ताक्षर गरिसकेका छौं ।’

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...