बिस्वकपको आज ६ देशको भिडन्त हुँदै |

खेलकुद

बिस्वकपको आज ६ देशको भिडन्त हुँदै |
जुन १९ फिष्टेल न्यूज:- रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज पनि तीनवटा खेल हुँदै छन् । आजको पहिलो खेलमा समूह एच मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मोर्डोभिया एरिनामा हुनेछ । समूह एच अन्तर्गतकै अर्को खेलमा युरोपेली देश पोल्याण्डले अफ्रिकी देश सेनेगलको सामना गर्नेछ । यो खेलमा मस्कोमा रहेको स्पार्टक रंगशालामा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ ।अर्को खेलमा आयोजक रुसले इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका यी दुई देशको यो समूह चरणको दोस्रो खेल हो । यो खेल राति पौने १२ बजे सेन्ट पिटर्स बर्गमा हुनेछ ।पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई हराएको थियो भने इजिप्ट उरुग्वेसँग पराजित भएको थियो । एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...