फिफाले बिस्वकप आयोजकलाई रंगभेदी व्यवहार गरेको भन्दै जरिवाना |

खेलकुद

जुलाई १ काठमाडौं, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) २१ औं विश्वकप आयोजक रसियालाई रंगभेदी व्यवहार गरेको भन्दै जरिवाना गरेको छ ।उरुग्वेसँगको खेलमा रंगभेदी ब्यानर प्रदर्शन गरेको आरोपमा आयोजक रसियालाई फिफाले १० हजार स्विस फ्र्यांक्स डलर जरिवाना गरेको हो ।लीग चरणमा उरुग्वेसँगको खेलमा रुस ३–० ले पराजित भएको थियो । खेल चलिरहेका बेला रुसका प्रशंसकले रंगभेद झल्किने खालको ब्यानर प्रर्दशन गरेको फिफाले जनाएको छ । त्यस्तै सर्बियाले ब्राजिलसँगको खेलमा राजनीतिक तथा अपमानजनक शब्दसहितको ब्यानर प्रदर्शन गरेका कारण फिफाले उसलाई १५ हजार पाउण्ड जरिवाना लगाएको छ ।स्विडेनसँगको खेलमा मेक्सिकोका प्रशंसकले बोतल तथा विभिन्न बस्तु फालेकाले मेक्सिकोलाई पनि ११ हजार ५ सय पाउण्ड जरिवाना लगाइएको छ । त्यसैगरी, स्पेनसँगको २–२ को बराबरीमा खेल सकिएपछि मोरक्कोका टेक्निकल स्टाफले मैदानमै अवरोध पुर्याएकाले फिफाले उसलाई ५० हजार पाउण्ड जरिवाना तोकेको छ । गएको हप्ता गोल गरेको खुशी मनाउने क्रममा राजनैतिक सन्देश झल्किने हाउभाउ देखाएका कारण ३ जना स्विस खेलाडीलाई फिफाले कारबाही गरेको थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...