पोखरामा पाँचौ सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु ।

खेलकुद

पोखरामा  पाँचौ सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु ।

अक्टुबर ९ पोखरा :-पोखराको बगर टँुडिखेल मैदानमा सोमबारदेखि पाँचौ सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ। पोखरा सिम्पानीको त्रि–शक्ति समाज सेवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो।सेभेन ए साइड फुटबल प्रतियोगितामा सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगिताको उद्घाटन खेलमा हेम्जाको बिष्णु पादुका क्लबले बगरको ईन्द्रेणी एकीकृतलाई ३–० ले हरायो। बिष्णुपादुकाको जितमा रोशन कार्कीले दुई र सुरेन्द्र क्षत्रीले एक गोल गरे।

दोस्रो खेलमा पाटन गाइजले आयोजक सिम्पानी एफसी बीलाई २–० ले हरायो। पाटन गाइजको जितमा प्रोम गुरुङ र पंकज कोइरालाले र सिम्पानी बीका तर्फबाट सबुज रानामगरले गोल गरे।पोखरा लेखनाथ महानगरपालिका वडा नं १ की वडा अध्यक्ष शारदा पराजुलीले फुटबल प्रतियोगिताको उदघाटन गरेकी हुन्। पराजुलीले खेलकुदको क्षेत्रमा त्रि–शक्ति समाज सेवा क्लबको अतुलनीय योगदान रहेको बताइन्। उनले बगरको टँुडिखेल मैदानलाई बिस्तार र ब्यबस्थित गर्न आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता जनाइन्।

खेलकुद गतिविधि अन्तरगत सेभेन ए साइड फुटबल प्रतियोगितालाई क्लबले निरन्तरता दिन लागेको क्लबका अध्यक्ष बासु जि.सी.ले बताए। प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको अध्यक्ष जि.सी.को भनाई छ।प्रतियोगिताको बिजेताले दुई लाख तथा उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताका लागि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ। प्रतियोगितामा २६ टिमको सहभागिता छ।

मंगलबार, ६ खेल हुने आयोजक त्रि–शक्ति समाज सेवा क्लबले बताएको छ। मंगलबार बिहान पहिलो खेल एसवाइसी १३ बिरुद्ध रामघाट एफसी र दोस्रो खेल चितवनको शरणपुर एफसी बिरुद्ध पालेपाटन एफसी भिड्नेछ।त्यसैगरि, मंगलबार दिउँसो एनसीएसएम र ग्रीन भ्याली एफसी, सिम्पानी एफसी ए र ब्रदर्श एफसी, फेबी एफसी र केएफसी तथा बीटी गाइज र लेकसाइड एफसीवीच खेल हुने आयोजकले बताएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...