नेपाल र श्रीलंका बिचको पहिलो खेल आज |

खेलकुद

नेपाल र श्रीलंका बिचको पहिलो खेल आज |
भदौं ६ काठमाडौं,:-श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि भ्रमणमा रहेको टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवसीय हुनेछ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...