तमु राष्ट्रिय पर्व फो ल्हो ल्होसार इजरायलमा पनि भब्य रुपले मनाउने तयारी |

विदेश

मंसिर ५ तेलअविव - ” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु ''भन्ने मूल नाराका साथ तमु सस्कार, सस्कृति र परम्परा झल्किने बृहत सस्कृतिक कार्यक्रम सहीत तमु समाज इजरायलको आयोजनामा फो ल्हो (मृग वर्ग) ल्होसार भब्य रुपले मनाउने भएको छ | एक आपसमा शुभकामना आदन-प्रदान, रात्री भोज र डिजेका साथमा खी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै फो ल्हो (मृग वर्ग) लाई स्वागत गर्दै राष्ट्रिय पर्ब तमु ल्होसार स्योकै कार्यक्रमको साथमा आउँदो ४ जनवरी २०१९ (शुक्रबार) याद्खारुचिम-१५ तेलअविव इजरायलमा गर्ने भएको छ |यस राष्ट्रिय पर्व ल्होसार भब्य रुपले सम्पन्न गर्नको लागी तमु समाज इजरायलकी तृतीय उपाध्यक्ष खुशी क्ले(घले ) तमुस्योको संयोजकत्वमा समिती गठन गरिएको छ | सन् २००६मा स्थापित तमु समाज इजरायलले तमु समुदायको मौलिक भाषा, भेष-भुषा, कला, सस्कार, सस्कृति र पहिचानलाई जगेर्ना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ | तमु समाज इजरायलले तमु समुदायमा भइपरी आउने कठिन परिस्थितिमा एक अर्कामा आपसी सदभाब र सामाजिक सदभाब कायम राख्दै हरेक क्षेत्रमा सामाजिक, आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग, सर-सल्लाह र सहकार्य गर्दै आईरहेको छ | गत बर्षहरुलाई निरन्तरता दिंदै यस बर्षको फो ल्होसार कार्यक्रममा आफ्नो समुदायको तमु पोशाक तथा भेष-भुषामा सहीत सहभागी हुनु भइ कार्यक्रमको शोभा बढाइ दिनु हुनको लागि सम्पूर्ण तमु समुदायहरु तथा इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी दाजुभाइ-दिदीबहिनीहरुमा सहभागिताको लागि तमु समाज इजरायलद्वारा हार्दिक निमन्त्रणा गरेको छ |

फो ल्हो (मृग वर्ग) ल्होसार कार्यक्रम :- तमु समाज इजरायल स्थान :-याद्खारुचिम-१५ तेलअविव इजरायल मिती :-४ जनवरी २०१९ (शुक्रबार ) समय :-७ बजे साँझ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...