स्यांग्जाको पित्लेकमा ल्होसारको दिन पारेर कोहिम्बो धिंको समुदघाटन |

स्थानीय

स्यांग्जाको पित्लेकमा ल्होसारको दिन पारेर कोहिम्बो धिंको समुदघाटन |

जनवरी ०१ फिष्टेल न्यूज सम्बतदाता लोकेन तमु पोखरा :- तमु जातिको पवित्र धार्मिक पहिचानको मुख्य स्थल कोहिबो धिको स्याङ्जाको पित्लेकमा समुदघाटन भएको छ । स्याङ्जाको दक्षिणी भागमा अवस्थित सुन्दर ग्रामीण होमस्टे समेत रहेको वालिङ नपा-५ पित्लेक गाउँमा तमु ल्होसारको अवसरमा समुदघाटन भएको हो ।

ap12 तमु सुधार समिति पित्लेकको अग्रसरतामा रु २६,४५,१७०/- लागतमा निर्मित तमु कोहिबो धिको तमु प्ये ल्हु संघका केन्द्रीय प्रथम उपाध्यक्ष आइबहादुर ल्गेगे तमुले पुसे १५ तमु ल्होसार कार्यक्रममा समुदघाटन गर्नुभएको हो ।कोहिवो समुदघाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी आइबहादुर तमुले तमु जातिको भाषा धर्म सस्कार सस्कृतिको संरक्षण सम्बर्द्धन र बिकासका लागि तमु समुदाय स्वत: स्फुर्त रूपमा अग्रसर भएकोमा खुशी व्यक्त गर्नुहुदै तमु प्ये ल्हु संघ केन्द्रिय समितिले कोहिवो निर्माणका लागि आर्थिक नैतिक भौतिक रूपमा सहयोग गर्दै आएको बताउनु भयो साथै अन्य सम्पुर्ण तमु समुदायलाई कोहिवो निर्माणका लागि अह्वान समेत गर्नु भयो खि- ल्होसारको शुभकामना दिनुहुदै प्रमुख अतिथी तमुले तमु एकताको महत्त्व बोकेको ल्होसार पर्व र तमु जातिको ल्होको बिषयमा समेत चर्च गर्नु भयो ।

op2

तमु प्ये संघका सहसचिव लोकेन पह्च्युले एक गाउँ एक कोहिवो धि भन्ने संघको उदेश्य अनुसार कोहिवो निर्माण तिब्ररूपमा रहेको बताउनुहुदै स्याङ्जामा सबैभन्दा बढी कोहिवो धि निर्माण भएको जानकारी गराउनुहुदै कोहिबो धिमा खेगी गुरुहरु राखेर पुजापाठ र चेला उत्पादन गराउन समेत आग्रह गर्नुभयो । तमु ह्युल छोज धिका केन्द्रिय उपाध्यक्ष ले.यमबहादुर तमुले तमु बस्तीहरुमा सास्कृति सस्कारको संरक्षणका लागि तमु समुदय सङ्गठित भै अगाडि बढेकोमा खुशी व्यक्त गर्नुहुदै कोहिवो निर्माणमा तमु प्ये ल्हु संघलाई सदा साथ दिने वचन दिनुभयो ।

cpo

कोहिवो निर्माण समितिका अध्यक्ष टेकबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेश तमु,तिलक तमु,भुपेन तमु,गुमान तमु,भोजराज तमु,कान्छ क्ल्हेप्री,पच्यु ओमबहादुर तमु,वडाध्यक्ष ढाकाराम पङ्गेनी,डिलबहादुर तमु,क्या.बिरबहादुर तमु,वालिङ नपका मेयर दिलिप खाड लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

cpo1

कार्यक्रममा चन्ददाताहरुलाइ सम्मानपत्र,करुवा र दोसल्लाले सम्मान गर्नुकासाथै यस्ता आमासमुह,बाउसमुह,युवा क्लबले घाटु,सोरठी र विभिन्न सास्कृतिक प्रस्तुति राख्नुका साथै पच्यु- क्ल्हेप्री समूहले छ्योप तेहे र थासो फाल्ने कार्य गरेकाथिए ।अन्नपूर्ण ,माछापुच्छ्रे र धौलागिरी हिमसृङ्खलाका साथै मनोरम दृश्यहरु अवलोकन गर्नसकिने सुन्दर गाउँ वालिङ नपा ५ अन्तरगतको पित्लेक,पान्थोक र मिन्कोट गाउँ मिलेर तमु कोहिवो धिको निर्माण गरिएको स्रोतले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...