कास्कीमा बस दुर्घटना वडा सदस्यको मृत्यु |

अन्य

कास्कीमा बस दुर्घटना वडा सदस्यको मृत्यु |

डिसेम्बर २३ पोखरा :- पोखराको रानीपौवावाट कास्कीको भाचोक जाँदै गरेको यात्रुवाहक वस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । साँझ साढे ५ बजेको समयमा वाटो भासिएर वस मादी गाउँपालिका १० भाचोक गहतवारीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग बस संचालक समितिवाट संचालित ना३ख ७४३६ नम्बरको बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको र ७ जना गम्भिर घाईते भएको बताइएको छ ।दुर्घटनामा मादी गाउँपालिका वडा नम्बर ९ का कुमारी सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । घाईते मध्ये बस चालक बर्ष ३० का अमृत गुरुङ, मादी गाउँपालिकाका ३५ बर्षिया ज्योती गुरुङ, २२ बर्षकी छायाँ नेपाली, ४० का बिजुली गुरुङको नाम खुलेको छ ।

अन्य घाइतेका नाम खुल्न बाकी रहेको प्रहरीको जनाएको छ । स्थानी र प्रहरीले घाइतेको उद्धार गरि उपचारका लागि पोखरा ल्याउदै गरेको प्रहरीको भनाई छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...