तनहुँमा ९ जना सहित गण्डकी प्रदेशमा १४ जनालाई कोरोना संक्रमित।

अन्य

तनहुँमा ९ जना सहित गण्डकी प्रदेशमा १४ जनालाई कोरोना संक्रमित।
जुन २५ पोखरा :-तनहुँको म्याग्दे गाउँपालिकामा ९ जनासहित गण्डकी प्रदेशमा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरको विनय त्रिवेणी गाउँपालिकामा ५ पनि कोरोना पुष्टि भएको छ ।तनहुँको म्याग्दे गापाका ७ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।उनीहरु सबैलाई आइसाेलेसनमा लैजाने तयारी भइरहेकाे उनले बताए ।योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । प्रदेशका संक्रमितमध्ये ९१ जना निको भई घर फर्केका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...