इजराइजरायलमा तीज विशेष कार्यक्रम सेप्टेम्वर ३ शुक्रवार हुने।

अन्य

अगस्त २९ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले निशुल्क दर खाने तथा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ , पछिल्लो समय इजरायलमा कोरोना संक्रिमतहरुको बढ्दो चाप अनि यहुदीहरुको नयाँ बर्ष तथा विशेष धार्मिक पर्व रोस हा-सना पनि संगसंगै पर्ने भएकाले इजरायल सरकारले पुन: कडा लकडाउन गर्न सक्ने संभावनालाई मध्यजनर गर्दै पूर्व घोषित १० सेप्टेम्वर शुक्रबारको कार्यक्रमलाई अघिल्लो हप्ता ३ सेप्टेम्वर शुक्रबारको दिन गर्ने निर्णय गरिएको छ |। कोरोना महामारीका कारण राष्ट्रिय कलाकारहरुको सहभागिता अनिश्चित बनेतापनि इजरायलमा रहेका केही उत्कृष्ट कलाकारहरुको सांगितिक प्रस्तुतीहरुलाई स्थान दिइने भएको छ | सो कार्यक्रम तेलअभिवको पार्क यार्कोनमा साँझको ठिक ७ बजेदेखि शुरु हुनेभएकोले कार्यक्रममा उपस्थित भई तीजको दर खादै भरपुर मनोरञ्जन लिन इजरायलमा रहेका सम्पूर्ण दिदिवहिनी तथा दाजुभाईहरु, क्रियाशिल सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु, मिडियाकर्मीहरु लगयात सम्पूर्णमा गैर आवासिय नेपाली संघ इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...