पोखरामा बन्दको सामन्य प्रभाव २ ठाउमा बम भेटियो ,गुल्मीमा पनि बम बिस्फोट |

अन्य

पोखरामा बन्दको सामन्य प्रभाव २ ठाउमा बम भेटियो ,गुल्मीमा पनि बम बिस्फोट |
मे ५ गुल्मी:-पोखरामा शनिबार दिउसो भेटिएको बम सुरक्षाकर्मीको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।विप्लव माओवादीले शनिबार आव्हान गरेको नेपाल बन्दको समयमा पोखरामा बम भेटिएको हो । नेपाल विद्युत प्राधिकरण कार्यालयको गेट अगाडी भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। मेजर संजिव गिरीको नेतृत्वमा खटिएको टोलीले उक्त बम डिस्पोज गरेको प्रहरीले जनाएको छ । रातो झोलामा सावुनको डल्लो पारि ड्टुनेटर राखेर बाहिर तार देखिने गरी आगो लगाउन मिल्ने गरी बम राखिएको अबस्थामा भेटिएको डिस्पोजल टोलीले जनाएको छ । वन्दको क्रममा बम जस्तो शंकास्पद बस्तु देखे पछि स्थानियहरु केहि वेर त्रसित भएका थिए । पोखरा क्षेत्रमा पनि बिप्लव माओवादीको बन्दको प्रभाव विहानै देखि परेको थियो । अधिकाशं पसलहरु वन्द रहेका थिए भने लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत संचालन हुन सकेनन । यद्यपि यस अघिका वन्द भन्दा यसपालिको वन्दमा रातो प्लेटका सवारी साधनहरुको सङख्या भने बढी नै गुडेका देखिन्थो । सिण्डिकेट वाला यातयात व्यवसायिहरुले आज विहानै देखि वन्द स्थगित गरिएको जनाए पनि कालो प्लेटका सवारी साधनहरु भने पोखरामा संचालन भएनन ।बन्दमा पोखराका मुख्य चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । वन्दको क्रममा स्थानिय तथा प्रदेश सरकारले आम उपभोक्ताहरुलाई यातायातको विकल्प सहितको सुरक्षा भने दिन सकेन । त्यसै गरि गुल्मीमा पनि बन्दको प्रभाव परेको छ ,गुल्मीका २ स्थानमा बम बिष्फोट भएको छ । गएराती बजेको समयमा जिल्लाको रुरु गाउँपालिका बलेटक्सारमा र रेसुङ्गा नगरपाकिा सदरमुकाम तम्घास नजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको थियो ।रातिको समयमा जिल्लाको सदरमुकाम नजिकै र बलेटक्सार बजार स्थित साइन रेसुङ्गा बैक नजिकै बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका थिए । बम बिष्फोटबाट कुनैपनि क्षती नभएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...