कोरोना संक्रमणबाट सिरहामा एकजना २२ बर्षीय युवकको मृत्यु।

स्वास्थ्य

कोरोना संक्रमणबाट सिरहामा एकजना २२ बर्षीय युवकको मृत्यु।
अगस्ट ७ जनकपुरधाम :-कोरोना भाइरसको संक्रमणबाट सिरहामा एकजना युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको बिहीबार राति मृत्यु भएको हो ।तीन वर्षदेखि मिर्गाैला राेगबाट पीडित ती युवकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।धरानमा रहेकाे युवकको शव नेपाली सेनाले सिरहा ल्याएर अन्त्येष्टि गर्ने तयारी गरिरहेकाे छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...