युएईको शारजाह विमानस्थलबाट १ सय ६८ जना नेपाली नागरिक नेपाल उड्यो ।

अन्य

युएईको शारजाह विमानस्थलबाट १ सय ६८ जना नेपाली नागरिक नेपाल उड्यो ।
जुन २० मनु कोंमे तमु :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड-१९ कोरोना भाइरसको लकडाउनका कारण युएईमा भिजिट भिसा,रोजगारी गुमाइ समस्या र बिचल्लीमा परेका १ सय ६८ जना नेपाली नागरिकहरु आज शारजाह विमानस्थल बाट एयर अरेबियाको उडान नम्बर जि ९-१७५१ को उडान बाट युएईको स्थानीय समय अनुसार बिहानको ११:०५ बजे काठमाण्डौं नेपाल उडेका छन । नेपाल राजदुतावास युएईले अनलाइन मार्फत भरेको फारामको प्राथमिकताको आधारमा नेपाल जाने पर्खाइमा रहेका १ सय ६८ जना नेपाली नागरिकहरु आज नेपाल फर्कनेमा परेका हुन । फर्कने नेपाली नागरिकहरुमा २६ जना महिला ,१ शिशु सहित बांकी सबै पुरुष रहेका रहेका छन्। आज फर्किनेहरुमा धेरैको टिकट रोजगारदाता कम्पनीले दिएको छ भने केहि आफ्नै खर्चमा नेपाल फर्किएका छ्न । नेपाल फर्किने सबैको कोभिड - १९ कोरोना भाइरसको परिक्षण निःशुल्क शारजाह अन्तरास्ट्रिय विमानस्थलमा गरिएको थियो । नेपाल फर्किने नेपाली नागरिकहरु लाई बिदाइ गर्नको लागि नेपाली राजदुतावास आबुधाबी युएईका नियोग उप-प्रमुख रिता धिताल, श्रम सहचारी मोतिराम भुसाल,गैरआवासीय नेपाली संघ यूएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पा र गैरआवासीय नेपाली संघ युएईका कोषाध्यक्ष बिकाश शाही शारजाह अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...