जनकपुरमा अस्पतालबाट आइसोलेसनमा रहेका कोरोना संक्रमित फरार।

अन्य

जनकपुरमा अस्पतालबाट आइसोलेसनमा रहेका  कोरोना संक्रमित फरार।
मे २४ जनकपुर :-जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् ।संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालका अनुसार, उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...