नेपालमा एकै दिनमा ५८६ जना नया कोरोना संक्रमित पुष्टी ,संक्रमित संख्या सात हजार नाघ्यो।

अन्य

नेपालमा एकै दिनमा ५८६ जना नया कोरोना संक्रमित पुष्टी ,संक्रमित संख्या सात हजार नाघ्यो।
जुन १७ काठमाडौँ :-नेपालमा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।योसंगै संक्रमितको संख्या ७ हजार १७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत हालसम्मकै धेरै संक्रमितको विवरण सार्वजनिक गरेको हो ।यस्तै पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...