स्याङ्गजामा १४ सहित गण्डकी प्रदेशमा ३८ जना नया संक्रमित भेटियो।

अन्य

स्याङ्गजामा १४ सहित गण्डकी प्रदेशमा ३८ जना नया संक्रमित भेटियो।
जुन ७ पाेखरा:-गण्डकी प्रदेशमा थप ३८ जना संक्रमित थपिएका छन् ।आइतबार बिहानकाे विवरण अनुसार स्याङ्जा, गाेरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ र गोरखाका १०/ १० र नवलपुरका ४ जना छन् ।स्याङ्जाको वालिङ नगरपालिकाका १३, भिरकोट नगरपालिकाको १ जना छन् । त्यस्तै बागलुङको बडिगाड गाउँपालिकाका ९, ढोरपाटन गाउँपालिकाका १, गोरखाको गण्डकी गाउँपालिकाका ९, पालुङटार नगरपालिकाका १ जना छन् । त्यसबाहेक नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जना पुरुष छन् । आज थपिएका सबै पुरुष हुन् । सबै संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकीमा संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...