नेपाल फर्कने तयारीमा रहेका टुक प्रसाद ४२ तलाबाट खसेर मृत्यु ,१ हप्ताभित्र लाश नेपाल पुग्ने ।

विदेश

सेप्टेम्बर १२ अबुदाबी :-लम्जुङको बाजोखेत,भाचोक घर भई युएईको अवुधावी शहर स्थित मिजार्मी कम्पनीमा कार्यरत २९ वर्षीय टुक प्रसाद गुरुङको आइतबार विहान करीब ०८:३० बजे आबुधाबीको कर्निस मा अबस्थित ईतिहात टावर को ४२ औ तल्लामा काम गर्ने क्रममा रोप चुडिएर खस्दा घटना स्थलमै मृत्यु भएको छ ।टुक प्रसाद ११ महिना अघि मात्र युएई आएका थिए उनी आउने अक्टोबर महिना घर जाने तयारीमा टिकेट समेत बुक गरेर बसेका थिए !घरमा आउदा केके ल्याई दिने सानो छोरीसंग बाचा गरेको ३ दिनमै यस्तो अकल्पनीय दुर्घटनाको खबर सुन्नु परेको पारिवारिक स्रोतबाट जानकारी भएको छ ।

eti

उनका घरमा एउटी ६ बर्सकी छोरी र आफू युएई आएको ६ महिनामा जन्मेका ५ महिने छोरा छन । दुधे नावालकको मुख हेर्ने धोकोले युएई आएका बर्ष दिन नबित्दै घर जाने निर्णय गरेका थिए ।युएईको यश मेजार्मी कम्पनीमा यो घट्ना करीब २५ बर्सपछी भएको कम्पनीले दाबी गरेका छन |अहिले उनको लाश हस्पिटलमा राखिएको छ । कम्पनीले एक हप्ता भित्र उनको लाश नेपाल पठाउने तयारी गरीरहेको भन्दै मृतक टुक प्रसाद सँगै एउटै कम्पनीमा काम गर्ने करन गुरुङले जानाकारी दिएका छन ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...