पोखरा र चितवनमा बन्दको असर आंशिक |

अन्य

पोखरा र चितवनमा बन्दको असर आंशिक |

फेब्रअरी २० पोखरा :-नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजलाई आह्वान गरेको नेपाल बन्दको चितवनमा आंशिक प्रभाव परेको छ ।जिल्लामा लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् भने ट्रकहरु मात्रै चलेका छन् । आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा विप्लवले नेतृत्वको पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

[caption id="attachment_6768" align="alignnone" width="2000"]? ?[/caption]

केही दिन अघि प्रहरीले अनुसन्धानका लागि भन्दै पूर्वी नेपाल पुगेको दुई नेतालाई पक्राउ गरेको थियो ।त्यस्तै गरि पोखरामा बन्दको सामान्य असर परेको छ , बिहान पाखा सवारी साधनहरु थोरै मात्र सडकमा देखिएका थिए, भने दिउसो सम्म केहि चहल पहल देखिएको छ | पोखराबाट चल्ने लामो दुरीका सवारीहरु चलेका छैनन् |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...