नेकपा (क्रान्तिकारी )किरण नेतृत्व र नेकपा (चन्द )नेतृत्वको पार्टी एकता हुने |

अन्य

नेकपा (क्रान्तिकारी )किरण नेतृत्व र नेकपा (चन्द )नेतृत्वको पार्टी एकता हुने |

डिसेम्बर २६ काठमाडौँ :- मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच एकता हुने भएकाे छ ।वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी रहेको निश्कर्ष समेत निकालेको छ ।

ekata

राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरिएको वैद्य र विप्लवले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।बैठकले समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी रहेको निश्कर्ष समेत निकालेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...