कोभिड -१९ संक्रमणका कारण गुल्मीमा थप एकको मृत्यु ,लाश व्यवस्थापन सेनाले गरे।

स्वास्थ्य

कोभिड -१९ संक्रमणका कारण गुल्मीमा थप एकको मृत्यु ,लाश व्यवस्थापन सेनाले गरे।
जुन १४ गुल्मी:-गुल्मीमा एक जना कोरोना भाइरस संक्रमित (कोभिड-१९ ) को मृत्यु भएको छ । शनिबार राति तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको हो । उनको राति नै नेपाली सेनाको टोलीले जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । धुर्कोट गाउँपालिका–४, जैसीथोकका ३६ वर्षीय ती पुरुष भारतबाट क्यान्सरको उपचार गरेर घर फर्किएका थिए । उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना पुष्टि भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएर काममा फर्केका छन् । जेठ २ गते भारतबाट आएर पाञ्जायन माविको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पुष्टि भएपछि तम्घासस्थित रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो । गुल्मी अस्पतालका डा. उत्तम पच्याका अनुसार उनी क्यान्सरका बिरामी थिए । भारतमा क्यान्सरको शल्यक्रिया गरी फर्कंदा उनी संक्रमित भएको देखिएको हो । गुल्मी जिल्लामा अहिलेसम्म ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै २ जनाको मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...