पोखरामा पनि किटनाशक औषधी छरियो ।

स्वास्थ्य

पोखरामा पनि किटनाशक औषधी छरियो ।
मार्च २७ पोखरा:- कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगर पालिकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिदचोकसम्मको सडकमा किटनासक औषधी छर्केको हो । लेकसाइड क्षेत्रमा किटनाशक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधी छरिएको महानगरपालिकाले जनाएको छ ।मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनासक औषधी छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका थिए । pokharanews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...