कतारको हमदा अस्पतालमा कोरोना संक्रमित पोखराका मदन गुरुङको निधन।

विदेश

कतारको हमदा अस्पतालमा कोरोना संक्रमित पोखराका मदन गुरुङको निधन।
जुन १० मिल्न गुरुङ /पोखरा :-पर्वत, बिहादी गाउँपालिका-०१ बाच्छा तल्लो डुन्डाँडा पुरानो घर भइ हाल पोखरा महानगरपालिका-१५ बनक्याम्पस निवासी पैयुँखोला तमु समाज पोखराका सक्रिय सदस्य मदन प्रसाद च्हम्रु गुरुङको कतार स्थित हमाद अस्पतालमा निधन भएको छ । स्व.गुरुङको पारिवारिक श्रोतका अनुसार कतार स्थित हेमाया कम्पनीमा सहायक सुपरभाइजरको पदमा कार्यरत ५३ वर्षीय स्व.मदन प्रसाद च्हम्रु गुरुङको केही दिन यतादेखि अस्वस्थ भइ त्यहाँ स्थित हमाद अस्पतालमा उपचार गराई रहेकोमा २०७७ जेष्ठ २६ गते नेपाली समयानुसार साँझको ११:५० बजे मृत्यु हुन पुगेको छ। अत्यन्तै अपत्यारिलो र अकल्पनीय दु:खद खबर प्राप्त भए लगत्तै पोखराबाट मृतकका दाजुभाइले सोधखोज गर्दै जाँदा कोभिड-१९ कोरोना संक्रमितको कारण गुरुङको सो अस्पतालको आइसोलेसनमा मृत्यु भएको त्यहाँ स्थित नेपाली दूतावासले खबर पुष्टि गरेको हो । स्व.मदन गुरुङको एक श्रीमती, एक छोरी-ज्वाइँ र नाति रहेको मृतकका परिवारले बताएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...