तमु समाज युएईको तमु फो-ल्होसार कार्यक्रम आबुधाबीमा भव्यताका साथ सम्पन्न ।

विदेश

तमु समाज युएईको तमु फो-ल्होसार कार्यक्रम आबुधाबीमा भव्यताका साथ सम्पन्न ।
पुस २४ मनु कोंमे तमु सम्बत्दाता युएई :-तमुहरु (गुरुङ) को मौलिक पर्व तमु फो-ल्हो (मृग वर्ग ) ल्होसार सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यश बर्ष पनि भव्यता साथ तमु समाज युएईले आबुधाबी मलयली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदुतावास आबुधाबी युएईका द्धितिय सचिव श्रीमती बिष्णु कुमारी अधिकारी रहनु भएको थियो भने बिशेष अतिथीमा तमु समाज युएईका संरक्षक राजु तमु ,नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा,गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ,तमु समाज युएईका प्रमुख अतिथि देर राज तमु,तमु प्ये ल्हु संघ युएईका अध्यक्ष ओम तमु ,ग्रीन लाइन ट्राभल एण्ड टुरिजमका प्रतिनिधि हरिहर पाण्डे ,सिटि एक्स्प्रेस मनि ट्रान्सफरका सरोज सिंह महर्जन,समाजसेवी अनिल ढुङेल रहनु भएको थियोे । अतिथिमा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान ,मगर संघ युएईका अध्यक्ष टंक थापा मगर , किरात यायोक्थुङ चुम्लुङ युएईका अध्यक्ष मनिष लिम्बु ,नेवा पुच: युएईका प्रतिनिधि सुरेन्द्रमान श्रेष्ठ,शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा,थारू कल्याणकारी सभा युएईका प्रतिनिधि धर्मराज महत्तो , लि:ल फङ घले समाज युएईका प्रतिनिधि राजु घले ,तमु प्ये ल्हु संघ युएईका सल्लाहकार मुक्ति टु क्लेप्री ,लमजुङ समाज युएईका संरक्षक अर्जुन गौली ,मितेरी समाज युएईका अध्यक्ष प्रदिप पुन मगर ,खोटाङ समाज युएईका प्रतिनिधि मेम्बर राई ,नेपाली संघीय समाज युएईका अध्यक्ष बाबुराम लोप्चान तामाङ रहनु भएको थियो भने प्रायोजक अतिथिमा हिमालयन रेस्टुरेन्ट मुसाफाका कटक राई,नेपाली चुलो रेष्टुरेन्ट आबुधाबीका प्रोपाइटर भिम नारायण श्रेष्ठ,आइ एम इ ( international money express ) आबुधाबीका मनोज बस्नेत,सागर ज्वेलरी आबुधाबीका नारायण के.सी.,मिन्ट रेस्टुरेन्ट (गुरुङ भान्छाघर) आबुधाबीका रज्जु तमुस्यो,समाजसेवी नारायण तमु ,समाजसेवी कुमारी तमुस्यो,समाजसेवी भेषराज ढकाल रहनु भएको थियो। कार्यक्रमको उद्यघाटन स्टेजमा कार्यक्रमका सभापति,प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरुले संयुक्त पनासमा दीप प्रज्वलन गरि कार्यक्रम समुघाटन भएको थियो।कार्यक्रमको समुघाटन संगै राष्ट्रिय गानको धुन बजेको थियो।राष्ट्रिय गान समाप्त लगातै तमु फो-ल्होसार कार्यक्रमका सह-संयोजक तमु समाज युएईका केन्द्रिय उपाध्यक्ष एवं उद्धार बिभाग प्रमुख नन्द जंग तमुले स्वागत मन्तव्य दिनु भएको थियो।उक्त खि-ल्हो (कुकुर वर्ग) लाई बिदाइ फो-ल्हो (मृग वर्ग) लाई स्वागत गर्दै तमु जातिको मौलिक पहिचान दिने गरि बिशेष सांस्कृतिक झांकी कार्यक्रम प्रस्तुत गरिएको थियो। बिशेष सांस्कृतिक झांकीमा सहभागिता जनाउनको लागि कार्यक्रममा उपस्थित तमु (गुरुङ ) पोशक लगाएका सम्पुर्ण लाई आवाहन गरिएको थियो भने साथमा च्याडु नृत्य पर्दशन समेत प्रस्तुत गरिएको थियो।कार्यक्रममा पच्यु गुरु खुशिमान तमु द्वारा पुजाआज कार्यक्रम गर्नुको साथै फो-ल्हो (मृग वर्ग) आउने सम्पुर्ण लाई स्टेजमा रुपा (रिपा) लगाइ स्याइ स्याइ गर्नुको साथै साथमा १०८ बत्ती बाल्ने व्यवस्था गरेको थियो।उक्त झांकी कार्यक्रममा उत्कृष्ट तमु (गुरुङ ) पोशक लगाउने पुरुष तर्फ तमु समाज युएई दुबई क्षेत्रीय समितिका उपाध्यक्ष बिजय तमु र महिला तर्फ तमु समाज युएईका सक्रिय सदस्य रिना तमुस्यो उत्कृष्ट भएको छ भने छनौट संयोजकमा तमु समाज युएईका प्रमुख सल्लाहकार देर राज तमु र तमु प्ये ल्हु संघ युएईका सल्लाहकार मुक्ति टु क्लेप्री रहनु भएको थियो। प्रत्येक बर्ष तमु समाज युएईले एक जना समाजको सक्रिय सदस्य लाई सम्मान गर्दै आएकोमा सोही अनुरुप यश बर्ष पनि निरान्तर दिंदै तमु समाज युएईका सांस्कृतिक बिभाग प्रमुख अमृत तमु लाई सम्मान गरेको छ।उक्त फो-ल्होसार कार्यक्रममा अतिथि कलाकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सुमधुर स्वरकी धनी चर्चित गायिका मेलिना राई,चर्चित गायिका सबिना तमुस्यो,नृत्यकार रेशम तमु र नृत्यकार सरस्वती तमुस्यो लाई सम्मान गरेको थियो भने तमु समाज युएई दुबई क्षेत्रीय समितिको संयोजकत्वमा आयोजना गरिएको प्रथम ऐतिहासिक खुल्ला आमन्त्रण “”तमु फो-ल्होसार कप-२०१८”” फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति आबुधाबी ,दोस्रो स्थान हासिल गर्ने मेगर्मी ग्रुप फुटबल क्लब दुबई ,प्रतियोगितामा उत्कृष्ट खेलाडी ,गोलरक्षक र बिजायी खेलाडीहरु लाई शिल्ड,मेड्ल,प्रमाणपत्र पुरस्कर वितरण गरेको थियो। कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा र नेपाल राजदुतावास युएईका द्धितिय सचिव श्रीमती बिष्णु कुमारी अधिकारीले शुभकामना मन्तव्य दिनु भएको थियो। औपचारिक कार्यक्रम समाप्त भए लगत्तै सांस्कृतिक कार्यक्रम संचालन भएको थियो।सांस्कृतिक कार्यक्रम तमु समाज युएईका केन्द्रिय सचिव इन्द्र तमु ज्यु र तमु समाज युएईका सल्लाहकार तारा तमुले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमको शुरूवातमा स्वागत गीत (सम्पुर्ण तमु (गुरुङ )कलाकारहरुको संयुक्त प्रस्तुति रहेको थियो।तमु समुदायको प्रचालित नृत्य घाटु तमु समाज युएईका केन्द्रिय सदस्य पुर्णिमा तमुस्यो र सक्रिय सदस्य रिना तमुस्योले प्रस्तुति दिनु भएको थियो। कार्यक्रममा अतिथी कलाकार मेलिना राइको सांगीतिक प्रस्तुतिको साथ अतिथी कलाकार नृत्यकार रेशम तमु र नृत्यकार सरस्वती तमुस्यो बेजोड प्रस्तुतिको साथै प्रवास युएईमा रहेका चर्चित स्थानीय कलाकार गायक शिव जंग तमु ,गायक अमृत तमुको सांगीतिक धमाका सहित नृत्यकार किरण तमु, आश तमु, पुर्णिमा तमुस्यो,दीपक तमु, सुनिल तमु , राजु घले , रिना तमुस्यो ,नितु तमुस्यो,आशिका तमुस्यो,भुमिका श्रेष्ठ, रेबिका तमुस्यो , सीता माया लुङ्बा र रन्जित रिजालको बेजोड प्रस्तुति रहेको थियो भने परदेशी नेपाली व्याण्डका दिपक कार्की र साथिहरुको सांगीतिक प्रस्तुति रहेको थियो । मुख्य प्रायोजकमा ग्रीन लाइन ट्राभल एण्ड टुरिजम आबुधाबी,सह-प्रायोजकमा सिटि एक्स्प्रेस मनि ट्रान्सफर , प्रायोजकमा हिमालयन रेस्टुरेन्ट ,नेपाली चुलो रेष्टुरेन्ट ,आइ एम इ रिया,सागर ज्वेलारी आबुधाबी,मिन्ट रेष्टुरेन्ट आबुधाबी र संघिय समाज युएई रहेको थियो भने समाजसेवी नारायण तमु, कुमारी तमुस्यो,ओम तमु ,राम तमु,प्रवीण तमु,भेषराज ढकाल र प्रकाश कोईराला रहनु भएको थियो। उक्त कार्यक्रम लाई अझ मनोरञ्जन दिनको लागि कार्यक्रमको अन्तिममा भाग्यशाली चिट्ठाको खोलेको थियो । चिट्ठा नम्बर - ७८५ - शव्य थापा - प्रथम पुरस्कार - १०००/- दिराम,चिठ्ठा नम्बर - १६८ - श्री बद्री कुमार माझी - ७५०/- दिराम,चिट्ठा नम्बर - ०८५ - श्री यम तमु - ५००/- दिराम,चिठ्ठा नम्बर - १०७ - रेमि डियस - १००/- दिराम, चिट्ठा नम्बर - ७८९ - छोप्साङ शेर्पा - १००/- दिराम हात पार्न सफल भएको छ।कार्यक्रम समापन तमु समाज युएईका अध्यक्ष एवं कार्यक्रमका सभापति श्रीमती उषा तमुस्योले गर्नु भएको थियो भने कार्यक्रम समापनमा सभापति श्रीमती उषा तमुस्यो ले कार्यक्रममा उपस्थित सम्पुर्ण आमन्त्रित प्रमुख अतिथि ,बिशेष अतिथि,अतिथि,उपस्थित संघ संस्थाका प्रमुख ,प्रतिनिधि,युएईबासी तमु तथा गैर तमु माहनुभाव , बुद्धिजीवी,समाजसेवी शुभचिन्तकहरु लाई गरिमामय उपस्थितको निम्ति साथ र सहयोग गरि तमु फो-ल्होसार कार्यक्रम लाई भब्य र सभ्य रुपमा सफल पारी दिनु भएको भन्दै तमु समाज युएईको तर्फ बाट हार्दिक धन्यवाद तथा हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्नु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...