पोखरामा ५ बर्षे वालिकाको हत्या |

अपराध

पोखरामा ५ बर्षे वालिकाको हत्या |

मार्च २६  पोखरा :-पोखरामा एक वालिकाको हत्या भएको छ ।पोखराको  सभागृहपथमा ५ वर्षका विहानी थापाको हत्या भएको प्रहरीले जनाएको छ ।नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय  किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् ।

सामान्य खेलौनाको विषयमा  हत्या गरेको वताईएको छ । आईतवार साँझवाट हराईरहेकी वालिकको राती १० बजेतिर सभागृह पछाडी वोरा र वालुवाले छोपेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको वताएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...