कतार एयरवेजको विमान कोलकातामा अवतरण गर्ने क्रममा दुर्घटना ,यात्रुहरु सुरक्षित |

विदेश

कतार एयरवेजको विमान कोलकातामा अवतरण गर्ने क्रममा दुर्घटना ,यात्रुहरु सुरक्षित |
कार्तिक १५ कोलकोता:-एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो । अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् । culcuttanews  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...