चासोक तङनाम इजरायलमा भब्य रुपले मनाउने ,नेपालबाट कलाकारहरु इजरायलमा |

जनजाती बिशेस    विदेश

चासोक तङनाम इजरायलमा भब्य रुपले मनाउने ,नेपालबाट कलाकारहरु इजरायलमा |
मंसिर २६ तेल अभिव :-बिदेशी भूमीमा समुदायको सस्कार, सस्कृति र परम्परा भेषभुषा लिपीको संरक्षण, सम्बर्द्धन प्रचार प्रसार र प्रबर्द्धन बिकास गर्ने उद्देश्य स्थापीत किराँत याक्थुङ चुम्लुङ इजरायलले '' येले तङ्बे ५०७८ चासोक तङनाम''भब्य रुपले मनाउने भएको छ | "आफ्नो मौलिक चाड भव्यताका साथ मनाऔं, पहिचान र संस्कृतिको गौरव बढाऔं " भन्ने मूल नाराको साथ किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा आयोजन गरेको चासोक तङ्नाम २०७५ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु रुकमान लिम्बु र जेपि नेम्बाङ इजरायल आईसक्नु भएको सचिव नुमा काङ्भा बखिमले जानकारी दिनु भएको छ | बिदेशी भूमीमा २०१३ मा स्थापित सस्थाले भईपरी आउने विभिन्न आर्थीक ,भौतिक ,सामाजीक कार्यहरुमा सहयोग गर्दै आएको र पहिचान झल्किने समुदायको विभिन्न चाडपर्वहरु निरन्तर रुपमा मनाउदै आईरहेको छ |तेल अभिव स्थित याद्खारुचिम १५ (इभ हल)मा १४ डिसेम्बर २०१८ शुक्रबार हुने सो कार्यक्रममा याक्थुङ्ग समुदायको विभिन्न खानाका परिकार सहीत पहिचान झल्किने धान नाच ,अथिति कलाकारहरुको प्रस्तुती सहित ,स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुती पनि प्रस्तुति रहने छ |सो कार्यक्रममा उपस्थित भैई कार्यक्रम सफल बनाई दिनु हुन सम्पूर्ण इजरायलबासी लिम्बु दाज्युभाई,दिदि बैनीहरु तथा सम्पूर्ण नेपालीहरुमा किराँत याक्थुङ चुम्लुङ इजरायलले हार्दिक अनुरॊध गरेको छ |

येले तङ्बे ५०७८ चासोक तङनाम मिती;-१४ डिसेम्बर २०१८ शुक्रबार समय :-७ बजे साँझ स्थान :- याद्खारुचिम १५ (इभ हल) तेल अभिव


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...