प्रथम ह्योल्मो चलचित्र ” मेतोक ” इजरायलमा प्रदर्शन हुने ।

जनजाती बिशेस    विदेश

प्रथम ह्योल्मो चलचित्र ” मेतोक ” इजरायलमा प्रदर्शन हुने ।
अक्टुबर २० इजरायल :-ह्योल्मो समुदायको भाषा ,संस्कृति र संस्कारमा आधारित ह्योल्मो प्रथम चलचित्र ''मेतोक ''इजरायलमा प्रदर्शन हुने भएको छ ।प्राकृतिक सुन्दरताले भरिएको चलचित्रको छायांकन रमणीय ह्योल्मो समुदायको थलो हेलम्बुमा गरिएको सो चलचित्र सर्किनी ज्याबा ह्योल्मोद्वारा निर्मित ठिलेन इन्टरटेन्मेन्ट प्रा लिको प्रस्तुति रहेको लामा ठिलेन ह्योल्मो निर्देशक तथा नायक ओमु निमा डोल्मा ह्योल्मो नायिका रहेका ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथानक चलचित्र " मेतोक '' यहि नोवेम्वर १५ तारिख २०१९ शुक्रबार को साँझ तेल अविव स्थित लेबंदा ३२ को हलमा प्रदर्शन हुने भएको ह्योल्मो समाज इजरायलका महासचिव समिर लामा श्याङ्बाले बताउनु भयो ।ह्योल्मो भाषामा रहेको चलचित्र , चलचित्र बिकास बोर्डबाट अनुमति प्राप्त गरि सेन्सर बोर्डबाट पास भै देश बिदेशमा प्रदर्शनको लागि तयार भैसकेको छ । नेपालमा गरिएको प्रथम शो मा निकै नै उत्कृस्ट रहेको प्रतिक्रिया पाएको चलचित्र हो भने यस चलचित्र प्रदर्शनको लागि इजरायलमा रहेको ह्योल्मो समुदायको एक मात्रा साझा संस्था ह्योल्मो समाज इजरायलले ब्यबस्थापन गर्न सहयोग गर्ने भएको छ साथै प्रदेशमा रहेर पनि आफ्नो आदिवासि भाषा कला र संस्कृतिलाइ जोगाउन बिभिन्न माध्यमहरु मध्ये चलचित्र निर्माण गरेर पनि उत्थान गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण स्वरुप यस चलचित्र प्रदर्शन गर्न लागिएको, यस चलचित्र आदिवासि ह्योल्मो भाषामा रहेको र यसले आदिवासि जनजातिको गौरव बढाउने छ भन्ने अपेक्षा गरिएको पनि वहाले बताउनु भयो । त्यसैले प्रदेशी भुमिबाट निर्मित चलचित्र मेतोक चलचित्रका टिमलाई हौसल्लाह प्रदान स्वरुप इजरायलमा कार्यरत नेपाली समुदाय र आदिवासि जनजाति संघ संस्थाहरु,अभियान्तहरु तथा इजरायलबासी सम्पूर्णमा यस चलचित्र हेर्नु भै सहयोग पुराउनु हुन निर्माण टिम तथा ह्योल्मो समाज इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।

प्रथम ह्योल्मो चलचित्र "मेतोक "प्रदर्शन मिती:-१५ नोवेम्बर २०१९ स्थान :-लेबंदा ३२ तेल अभिव समय :-सांझा ९ बजे प्रवेश शुल्क :-१५०


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...