तमु समाज युएईले दुबईमा खुल्ला “तमु ल्होसार कप”- २०१८ फुट्बल प्रतियोगिता आयोजना गर्दै ।

अन्य

तमु समाज युएईले दुबईमा खुल्ला  “तमु ल्होसार कप”- २०१८ फुट्बल प्रतियोगिता आयोजना गर्दै ।
असोज २५ फिस्टेल न्युज सम्बाददाता मान सिङ तमु (मानु कोन्मे) , युएई: - तमु समाज युएईले आउदो डिसेम्बर २ तारिख युएईको राष्ट्रिय दिवसको (UAE Nationlal Day) दिन अल सफा पार्क जुमेराह दुबई युएईमा "तमु ल्होसार कप" - २०१८ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त "तमु ल्होसार कप" - २०१८ फुटबल प्रतियोगिता आयोजना गर्नको लागी तमु समाज युएईका दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमुको संयोजकमा तमु समाज युएईका केन्द्रिय सचिव इन्द्र तमु सह-संयोजक,तमु समाज युएईका केन्द्रिय खेलकुद बिभाग प्रमुख जम्बो तमु,तमु समाज युएई दुबई क्षेत्रीय समितिका खेलकुद बिभाग प्रमुख प्रेम तमु,तमु समाज युएई दुबई क्षेत्रीय समितिका सह-सचिव रमेश तमु,तमु समाज युएईका केन्द्रिय सांस्कृतिक बिभाग प्रमुख अमृत तमु र चक्र तिमिल्सिना रहेको छ भने "तमु ल्होसार कप" - २०१८ फुटबल प्रतियोगिता आयोजनाको लागी आयोजक तमु समाज युएईले प्रतियोगितामा सहभागिताको लागि युएई स्थित युएईमा रहेका सम्पुर्ण संघ,संस्था तथा क्लबहरु लाई खुल्ला आमान्त्रण गरेको छ।साथै खेलप्रेमी बुद्धिजीवी मानुभाव सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु लाई उपस्थिति जनाइ खेलको मनोरञ्जनको लागी हार्दिक निमन्त्रणा समेत गरेको छ। " तमु ल्होसार कप" - २०१८ फुटबल प्रतियोगिताको लागि प्रत्येक टिमको लागि प्रवेश शुल्क - ९९९/- (नौ सय उनान्सय ) दिराम तोकिएको छ भने टिममा समावेश हुने टिमले आयोजकले गरिएको नियमहरु पालन गर्नु पर्ने भएको छ।दर्ता शुल्क खेल अगावै बुझाउनु पर्ने,११ जना खेलाडी र ५ जना जगेडा खेलाडीको नाम दिनु पर्ने (जम्मा खेलाडी संख्या-१६),सम्पुर्ण खेलाडीले अनिवार्य फुटबल बुट र जर्सी लगाउनु पर्ने,फिफाको नियमानुसार खेल खेलाइने,सम्पुर्ण सहभागी टिम बिहान ७ बजे खेलमैदानमा उपस्थित हुनु पर्ने र अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने नियम आयोजक तमु समाज युएईले जनाएको छ भने टिम दर्ता गराउने अन्तिम मिति नोभेम्बर २३ तारीख सम्म तोकेको छ। "तमु ल्होसार कप"- २०१८ फुटबलको राशी प्रथम स्थान (तमु ल्होसार कप - २०१८ फुटबल प्रतियोगिता च्याम्पियन ) को प्रथम पुरस्कार - ५,५५५/- ( पांच हजार पांच सय पच्पन्न ) रहेको छ भन्ने द्धितिय स्थान हासिल गर्ने टिमको पुरस्कार राशी द्धितिय पुरस्कार - ३३३३/- ( तीन हजार तीन सय तेत्तीस ) दिराम रहेको आयोजक तमु समाज युएईले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...