बिस्कुट लिन गएकी बालिकाको अर्ध नग्न लाश फेला ,अनुहारमा चोटै चोट |

अपराध

बिस्कुट लिन गएकी बालिकाको अर्ध नग्न लाश फेला ,अनुहारमा चोटै चोट |
असोज ९ पोखरा :-पोखरा महानगरपालिका वडा नं २२ पुम्दीमा वालिका मृत फेला परेकी छन् । सोमवार साँझवाट हराएकी ९ वर्षीया बालिका श्रीया बिकको शव मंगलबार बिहान भेटिएको हो । उनको शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी जनाएको छ ।उनको हत्या भएको आशंका गरिएको छ । टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। उनको शब् बिहान करिब ८ बजे तिर घर नजिकैको झाडीमा अर्धनग्न अस्थामा अनुहार र शरीरमा चोटै चोट लागेको अबस्थामा अबस्थामा फेला पर्यो । अनुहार र टाउकाको भागमा ठुलो चोट तथा शरीरमा निल डाम सहित घोप्टो परेको अवस्थामा स्थानियले उनको शब् भेटेपछी प्रहरीलाई खबर गरे । बालिकाको शरीरको माथिल्लो भागमा कपडा नहुनु साथै लगाएको सुरुवाल समेत केहि तल खोलेको अबस्थामा भेटिनुले घटना शंकास्पद रहेको स्थानियले बताएका छन् । आफ्ना हजुरबा हजुरआमा संगै बस्दै आएकी स्थानिय लिला आधारभूत माविमा कक्षा ३ मा अध्ययनरत बालिका सोमबार साँझबाट सम्पर्क विहिन भएपछी स्थानियले खोजतलास गरेका थिए । साँझ देखि आफ्नो ईष्ट मित्रकोमाकेन्द्रित गरी बालिकाको खोजी कार्य भए पनि नभेटिएपछि घर नजिकको खोल्सा तथा झाडीहरुमा खोज्ने क्रममा बालिका बिहान मृत अबस्थामा भेटिएको स्थानिय तुल्सी ढकालले बताए । ढकालले बालिकाको रहस्य मय ढंगले हत्या गरी फालेको हुनसक्ने बताएका छन् । उनले भने “ हामीले विहान बालिकाको खोज तलास गर्दा मुल बाटो भन्दा करिब ५० मिटर पुर्वतर्फको झाँडी सहितको जंगलमा शव भेटिका हौं, कसैले हत्या गरेरै फालेको हुन सक्छ । ” उनको शव भेटिएको स्थान भन्दा करिब ३० मिटर टाडाको दुरीमा एउटा पुरानो घर रहेको छ जुन घरमा हाल कुनै व्यक्ति बस्दैनन भने घरको पुर्वपट्टि कोठामा पस्न मिल्ने भाग खुल्ला रहेको छ । स्थानीयले सोहि स्थान वरपर उनको बलत्कार पछि हत्या भएको हुन सक्ने जनाएका छन् । बालिकाका काका मनिलाल विकले बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने दाबी गर्दै तत्काल अनुसन्धान गरि अपराधीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए । घटनाको सत्य तथ्य सार्वजनीक गरी हत्यारालाई छिटो भन्दा छिट्टो पक्ता लगाई कारवाही गर्न माग गर्दै स्थानियले एम्बुलेन्स सहित प्रहरीको टोलीलाई केहि समय अबरोध समेत गरेका थिए । घटनास्थलमा केहीबेरको अबरोधपछी स्थानियले चिनेको चिकित्सकले शब् पोष्टमाटम गर्ने सर्तमा शव सहित प्रहरीलाइ छाडेका हुन। स्थानियले प्रहरी र चिकित्सकको मिलेमतोमा पोष्टमाटमको रिपोर्ट गलत आउने आशंकामा स्थानियको रोहवरमा पोष्टमाटम गर्नुपर्ने माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले पोष्टमाटम पछि मात्र घटनाको बारेमा केहि भन्न सकिने बताए । घटना संकास्पद रहेको भन्दै एसपी रानाले प्रहरीले कुनै कसुर बाकि नराखी अनुसन्धान गर्ने बताए ।बालिकाकी आमा वेलकुमारी सुनार बिरामी भएका कारण बालिका गत बुधबार घरबाट हजुरबाको घरमा बस्न आएको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...